काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १३३.८२ रुपैयाँ र बिक्रीदर १३४.४२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको भाउ यहि कायम थियो ।
आज एक यूरोको खरिददर १४८.१६ रुपैयाँ र बिक्रीदर १४८.८२ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७७.७६ रुपैयाँ र बिक्रीदर १७८.५६ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९२.३६ रुपैयाँ र बिक्रीदर ९२.२७ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.२४ रुपैयाँ र बिक्रीदर ९.२९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४३ रुपैयाँ र बिक्रीदर ३६ं.६० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.०७ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३२.०६ रुपैयाँ र बिक्रीदर ३२.२१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७१ रुपैयाँ र बिक्रीदर ३६.८८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१३ रुपैयाँ र बिक्रीदर १०.१८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.७९ रुपैयाँ र बिक्रीदर ४३९.७६ रुपैयाँ कायम भएको छ ।