आईतवार, फाल्गुन ११,२०८१ 11:10:28
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 11:10:28
IME remit
Global IME Bank Limited

वैदेशिक रोजगार बीमालेखमार्फत रु.४९.२६ करोड प्रिमियम संकलन, व्यवसाय बढाउन एशियन लाइफ अब्बल

Hyundai Nepal
वैदेशिक रोजगार बीमालेखमार्फत रु.४९.२६ करोड प्रिमियम संकलन, व्यवसाय बढाउन एशियन लाइफ अब्बल
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत ४९ करोड रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १० वटा जीवन बीमा कम्पनीले चालु आवको भदौ मसान्तसम्म ४९ करोड २६ लाख ३६ हजार रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।  

कम्पनीहरुले आर्जन गरेको यो बीमाशुल्क गत आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशतले बढी हो । गत आवको भदौ महिनासम्म उक्त कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ४४ करोड ८२ लाख १३ हजार रुपैयाँ बीमाशुल्क भित्र्याएका थिए ।  

गत वर्षको तुलनामा अधिकांश कम्पनीको यस्तो व्यवसाय घटेको देखिएको छ । वैदेशिक रोजगार बीमालेख बिक्रीबाट सर्वाधिक व्यवसाय भित्र्याउने सन नेपाल लाइफ लगायत एशियन लाइफ र नेशनल लाइफको यस्तो व्यवसाय उल्लेख्य बढेको देखिएकाले समग्रमा वैदेशिक रोजगार बीमा व्यवसाय बढेको देखिएको हो ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

तर नेपाल लाइफसँगै ७ वटा बीमकको यस्तो व्यवसाय भने ह्वात्तै घटेको देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन महिनासम्ममा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या घटेकाले अधिकांश बीमा कम्पनीहरुको यस्तो व्यवसाय पनि घट्न पुगेको हो ।  

चालु आवको साउन महिनामा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३६ हजार ९२८ रहेको छ । गत आवको सोही अवधिसम्म अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३९ हजार १५२ थियो । यसर्थमा पनि भदौ मसान्तसम्म पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घट्दा बीमा कम्पनीको यस्तो व्यवसाय घट्न पुगेको अनुमान लगाउन सकिन्छ ।  

भदौ मसान्तसम्म सबैभन्दा बढी सन नेपाल लाइफले २३ करोड ९ लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फत प्रिमियम भित्र्याएको छ । त्यस्तै, एशियन लाइफले ८ करोड ५४ लाख रुपैयाँ र नेपाल लाइफले ४ करोड २१ लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फत प्रिमियम भित्र्याएका छन् ।  

यसका साथै नेशनल लाइफले ३४ करोड ९९ लाख, सानिमा रिलायन्स लाइफले २ करोड ७६ लाख रुपैयाँ, सुर्यज्योति लाइफले २ करोड ७३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले २ करोड ५ लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ३२ लाख रुपैयाँ, आइएमई लाइफले ४८ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले जम्मा ५ लाख रुपैयाँ मात्रै यस्तो बीमालेखमार्फत बीमाशुल्क संकलन गरेका छन् ।  

गत आवको तुलनामा तीन जीवन बीमा कम्पनीको मात्रै यस्तो व्यवसाय घटेको छ भने बाँकी सबै कम्पनीको घटेको छ । सर्वाधिक एशियन लाइफको २१६।३३ प्रतिशतले वैदेशिक रोजगार बीमा व्यवसाय बढेको छ । गत आवमा २ करोड ७० लाख रुपैयाँ मात्रै प्रिमियम भित्र्याएको यस कम्पनीले चालु आवमा ८ करोड ५४ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ ।  

त्यस्तै, सन नेपाल लाइफले ११९.८४ प्रतिशत र नेशनल लाइफले पनि १३.५२ प्रतिशतले वैदेशिक रोजगार बीमा व्यवसाय बढाएको छ ।  

गत आवको तुलनामा सबैभन्दा बढी यस्तो व्यवसाय घट्नेमा आइएमई लाइफ रहेको छ । कम्पनीको यस्तो व्यवसाय ९२ प्रतिशतले घटेको छ ।  

त्यस्तै, नेपाल लाइफको ५६.०८ प्रतिशत, सिटिजन लाइफको ४०।९४ प्रतिशत, रिलायबल नेपाल लाइफको ४०.१० प्रतिशत, सुर्यज्योति लाइफको २६.६६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको २६.५५ प्रशित र सानिमा रिलायन्स लाइफको ५.११ प्रतिशतले यस्तो व्यवसाय घटेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.