मंगलवार, आश्विन १३,२०८३ 07:22:32
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:22:32
Bizshala
Global IME Bank Limited

हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने

Bizshala
हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने
New Office

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको लिलामीमा राखिएको १४ लाख कित्ता बढी संस्थापक सेयरको बोलपत्र भोलि खोलिने भएको छ ।  

उक्त गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौको नारायणचौरमा रहेको कार्यालयमा खोलिने छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।  

कम्पनीले उक्त सेयरहरुको बिक्री आवेदन गत असोज ७ गतेदेखि १४ गतेसम्म खुलाएको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.