बुधबार, भाद्र २५,२०८२ 05:23:50
  • बुधबार, भाद्र २५,२०८२ 05:23:50
Global IME Bank Limited

हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने

Hyundai Nepal
हिमालयन उर्जा विकासको १४.४६ लाख कित्ता लिलामी सेयरको बोलपत्र भोलि खोलिने

काठमाण्डौ । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको लिलामीमा राखिएको १४ लाख कित्ता बढी संस्थापक सेयरको बोलपत्र भोलि खोलिने भएको छ ।  

उक्त गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते बिहान १० बजे बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको काठमाण्डौको नारायणचौरमा रहेको कार्यालयमा खोलिने छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।  

कम्पनीले उक्त सेयरहरुको बिक्री आवेदन गत असोज ७ गतेदेखि १४ गतेसम्म खुलाएको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.