काठमाण्डौ । विदेशी लगानीकर्ताले भारतीय सेयर बजारबाट ४ दिनमा ३२ हजार करोड भारु झिकेका छन् । विदेशी लगानीकर्ताले बिक्री दबाब दिएपछि भारतको सेयर बजार मापक इन्डेक्स सेन्सेक्स ४ दिनमा ३ हजारभन्दा बढी अंकले घटेको छ ।
भारतको बजारबाट बाहिरिएर विदेशी लगानीकर्ता चिनियाँ बजार प्रवेश गरेका छन् । चिनियाँ बजारमा पछिल्लो समय देखिएको वृद्धि र तुलनान्तमक रुपमा सेयरमूल्य सस्तो भएका कारण चिनियाँ सेयर बजार विदेशी लगानीकर्ताको आकर्षण केन्द्र बन्न पुगेको छ ।
यस्तै चीनको सरकारले अर्थतन्त्र उकास्नका लागि आर्थिक राहत प्याकेजको घोषणा समेत गरेको छ । यहि कारण चीन र हङकङको सेयर बजारमा हरियाली छाएको छ ।
भारतको सेयर बजारमा आएको गिरावटको फाइदा उठाउन स्थानिय लगानीकर्ता तम्तयार अवस्थामा रहेको भारतीय मिडियाले बताएका छन् । भारतीय सेयर बजारका विज्ञहरुले यो गिरावट धेरै लामो समयसम्म नचल्ने दाबी गरेका छन् ।
आज भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले १५ हजार २४३ करोड भारुबराबरको सेयर बिक्री गरेका छन् । यस्तै भारतीय लगानीकर्ताले भने १२ हजार ९१४ करोड भारुबराबरको सेयर बिक्री गरेका छन् । अबको भारतको सेयर बजार विदेशी लगानीकर्ता र स्थानिय लगानीकर्ताबीचको रस्साकस्सीबाट प्रभावित हुने बताइएको छ ।