काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४७.८९ रुपैयाँ र बिक्रीदर १४८.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९१.७२ रुपैयाँ र बिक्रीदर ९२.१३ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ९.१५ रुपैयाँ र बिक्रीदर ९.१९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५० रुपैयाँ र बिक्रीदर ३६ं.६६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १९.१० रुपैयाँ र बिक्रीदर १९.१९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.७७ रुपैयाँ र बिक्रीदर ३१.९१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७८ रुपैयाँ र बिक्रीदर ३६.९४ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१२ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ कायम भएको छ ।