काठमाण्डौ । अमेरिकाको सेयर बजार अल टाइम हाईको उचाईमा पुगेको छ । पछिल्लो कारोबारमा डाउ जोन्स ०.८ प्रतिशत अर्थात ३४१ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यो वृद्धिसँगै डाउ जोन्स ४२ हजार ३५२ विन्दुमा पुगेको छ ।
यस्तै एस एण्ड पी५०० पनि ०.९ प्रतिशत र नास्डक कम्पोजिट १.२ प्रतिशतले बढेको छ ।
अमेरिकाको अर्थतन्त्रमा गत महिना २ लाख ५४ हजार नयाँ रोजगार थपिएका कारण त्यहाँको सेयर बजारमा हरियाली छाएको हो । गत महिना अमेरिकामा वृद्धि भएको रोजगार अर्थशास्त्रीहरुले अनुमान गरेको भन्दा धेरै हो ।
अर्थशास्त्रीहरुले गत महिना सेप्टेम्बर महिनामा १ लाख ४० हजार व्यक्तिले रोजगारी पाउने आँकलन गरेका थिए ।
गत महिना अमेरिकाको बेरोजगारीदर ४.२ प्रतिशत कायम रहेको छ ।