काठमाण्डौ । सानिमा बैंकले सानिमा प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ।
बैंकका खातावाल भीमप्रसाद निरौलाको दुर्घटना भई मृत्यु भएकाले निजको हकवालालाई बीमा रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंकको तर्फबाट विर्तामोड शाखाका प्रबन्धक माधवप्रसाद वाग्ले र बीमाप्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेतीले संयुक्त रुपमा बीमा रकमको चेक हस्तान्तरण गरेका थिए ।
दुर्घटनाका कारण मृत्यु भएका निरौलाले सानिमा बैंकको विर्तामोड शाखामा सानिमा प्लाटिनम पेरोल बचत खाता खोलेका थिए ।
सानिमा बैंकले प्लाटिनम पेरोल बचत खाताअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा, रु. ३ लाखसम्मको १३ घातक रोगहरुको उपचार बीमा, रु. १० हजारसम्मको ओ.पि.डि. भुक्तानी शुल्कसहितको रु. ५० हजारसम्मको औषधी उपचार बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा सुविधा प्रदान गर्दै आइरहेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                