शुक्रबार, बैशाख ४,२०८३ 05:26:29
Bizshala
  • शुक्रबार, बैशाख ४,२०८३ 05:26:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन रि–इन्स्योरेन्सको सेयर भाउ बुलिस सेन्टिमेन्टमा चल्दै, टार्गेट कतिसम्म?

Bizshala
हिमालयन रि–इन्स्योरेन्सको सेयर भाउ बुलिस सेन्टिमेन्टमा चल्दै, टार्गेट कतिसम्म?
Shivam Cement

काठमाण्डौ । हिमालयन रि– इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ ।  

आधाभूत पक्ष  

कम्पनीको गत आर्थिक वर्षको चौंथो त्रैमासिक प्रतिवेदनअनुसार १० अर्ब ४० करोड चुक्तापूँजी रहेको छ भने ४ अर्ब ८६ करोड ९० लाख जगेडा कोषमा रहेको छ । महाविपत्ति कोषमा ११ करोड १० लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल पूँजी १५ अर्ब ३८ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.३४ रुपैयाँ रहेको छ भने बुक भ्यालु १४८ रुपैयाँ रहेको छ । रिर्टन अन इक्विटी ८.३८ रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

फियर एण्ड ग्रिड इन्डेक्स

फियर एण्ड ग्रिड इन्डेक्स आधारमा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको छ । फियर एण्ड ग्रिड इन्डेक्समा यदि २० भन्दा तल भएमा स्ट्रङ वियरिस र ८० भन्दा माथि रहेमा स्ट्रङ बुलिस भन्ने हो । हाल यो कम्पनी ६० को विन्दु भन्दा माथि रहेको कारण बुलिस यात्रामा देखिन्छ । कम्पनीको ५२ साताको उच्च मूल्य १ हजार १९ र न्यून मूल्य ३४० रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत स्वामित्व रहेको छ ।  

बोलिङ्गर ब्याण्ड म्याक्डी र आरएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल अपर ब्याण्ड संगै चलेको दखिन्छ । म्याक्डीमा बुलिस क्रसओभरसँगै हिस्टोग्राम सकारात्मक बनेको छन् । आरएसआई ६० भन्दा माथि लागेर बुलिस यात्रामा देखिन्छ । समग्रमा सबै इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भाउ बुलिस यात्रामा चलको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

CG Motors
Garima Development Bank
IME remit

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – १०३८

प्रतिरोध २ – ९७५

प्रतिरोध १–  ८१०

पिभट् प्वइन्टः८१०  

घटेमा सपोर्ट  

सपोर्ट १– ७१०

सपोर्ट २– ६४६

सपोर्ट  ३ –५४७

निष्कर्षः आधारभूत रुपमा यो कम्पनीको अवस्था सन्तोषजनक देखिन्छ । कम्पनीको प्रतिसेयर आम्दानी १२.३४ रुपैयाँ रहेको छ भने बुक भ्यालु १४८ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ८.३५ प्रतिशत रहेको छ ।  

यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा सामान्य बढी हो । प्राविधिक रुपमा यो कम्पनी फियर एण्ड ग्रीड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा देखिन्छ । अन्य इन्डिकेटबाट पनि यो कम्पनी हाल अप ट्रेन्डमा देखिन्छ । हाल बुलिस सेन्टिमेन्टमा चलेको यो कम्पनीको सेयर भाउको टार्गेट पिभट् प्वइन्टको तेस्रो विन्दुसम्म हुन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.