काठमाण्डौ । आज बजार ३७ अंकले बढेर बन्द भएको छ । योसँगै आज कारोबार तथा भोल्युम पनि बढ्दै गएको छ । बजार बढ्दा भोल्युम तथा करोबार पनि बढ्दै जानु सकरात्मक संकेत हो ।
अघिल्लो दिनमा ६ अर्ब १३ करोड कारोबार भएको अवस्थामा आज ७ अर्ब माथिको कारोबार भएको छ । इन्डिकेटरहरु मार्फत नियाल्दा पनि बजार विस्तारै इन्ट्रा डे करेक्सन र नाफा बुक हुँदै चलेको देखिन्छ ।
बोलिङ्गरको अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी खुम्चिदै गएको छ । म्याक्डीमा यस अघि नै बुलिस क्रस ओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ५५ को तहमा पुगेको छ ।
आज २६९० विन्दुमा बन्द भएको बजारले अब बढेको खण्डमा २७५० विन्दु आसपास प्रतिरोध सामाना गर्न सक्छ भने घटेमा २६६० विन्दु आसपासमा टेवा लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।