काठमाण्डौ । हिमालयन क्यापिटल लिमीटेड योजना व्यवस्थापक रही हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालित 'हिमालयन ८०-२०' को लाभांश घोषणा भएको छ ।
आर्थिक वर्ष २०८०-८१ को लेखापरीक्षण सम्पन्न भएलगत्तै योजना व्यवस्थापक हिमालयन क्यापिटलको असोज २१ गते बेलुकी ३ बजे बसेको ६८ औं सञ्चालक समितिले 'हिमालयन ८०-२०' योजनाका इकाईधनीलाई करसहित ६ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
यो निर्णयअनुसार इकाईधनीहरुले करसहित ६ करोड रुपैयाँ बराबरको लाभांश प्राप्त गर्नेछन् ।