बुधबार, माघ ९,२०८१ 06:39:38
IME remit
  • बुधबार, माघ ९,२०८१ 06:39:38
IME remit
Global IME Bank Limited

सेयर बजारमा एक निमेषमै रु.४३८,०४६,२००,००० स्वाहा, कुन अर्बपतिलाई कति लाग्यो झट्का ?

Hyundai Nepal
सेयर बजारमा एक निमेषमै रु.४३८,०४६,२००,००० स्वाहा, कुन अर्बपतिलाई कति लाग्यो झट्का ?
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बजार यस्तो ठाउँ हो, जहाँ ज्ञान र भाग्यले साथ दिए मानिसहरु रातारात करोडपति बन्न सक्छन् । अनि यो त्यही ठाउँ हो, जहाँ भाग्य र समयले साथ दिएन भने करोडौं सम्पत्ति क्षणभरमै स्वाहा भइदिन्छ ।  

पछिल्लो समय छिमेकी देश भारतको सेयर बजारमा निरन्तर गिरावट आइरहेको छ । बजार घट्दा धनाढ्यहरुको सम्पत्ति क्षणभरमै स्वाहा भइरहेका रिपोर्टहरु बाहिर आएका छन् ।  

भारतको धितोपत्र बजारमा सोमबार लगातार छैटौं दिन गिरावट आएको थियो ।  साथै अमेरिकी शेयर बजारमा पनि गिरावट आएको छ । यसले विश्वको शीर्ष २० मध्ये १६ को नेटवर्थमा गिरावट ल्यायो। 

Bizshala
CG Motors
Sagarmatha Cement

या दिन एलोन मस्क सबैभन्दा धेरै गुमाउने धनाढ्य बने । विश्वका सबैभन्दा धनी व्यक्तिको कुल सम्पत्ति सोमबार ६ अर्ब ६१ करोड डलरले घट्यो ।  

अमेजनका संस्थापक जेफ बेजोसले ५ अर्ब १२ करोड डलर गुमाए भने भारतका अर्बपति गौतम अडानीले ३ अर्ब २६ करोड डलर अर्थात् करिब रु.४३८,०४६,२००,००० बराबरको नोक्सानी बेहोरे ।  

एसिया र भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कुल सम्पत्ति १.१६ अर्ब डलरले घट्यो ।  

ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार अदानी ९६.२ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १८ औं स्थानमा छन् । यो वर्ष उनको कुल सम्पत्ति ११.९ बिलियन डलरले बढेको छ । 

Muktinath Bikas Bank Limited

यस सूचीमा मुकेश अम्बानी १४ नम्बरमा रहेका छन् । यो वर्ष उनको कुल सम्पत्ति १०४ अर्ब डलरले बढेको छ । उनको कम्पनी रिलायन्स इन्डस्ट्रिजको शेयर सोमबार १.१८ प्रतिशतले घटेको थियो ।  

सोमबार सेन्सेक्स ६३८ अंकले घटेको थियो । घरेलु सेयर बजार लगातार छ दिनसम्म घटेको छ र यस अवधिमा लगानीकर्ताहरूले करिब २० लाख करोड रुपैयाँ घाटा बेहोरेका छन्।

मस्क २५६ अर्ब डलरसहित विश्वका धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा छन् । फेसबुकका मार्क जुकरबर्ग २०७ बिलियन डलरको साथ दोस्रो र जेफ बेजोस २०४ बिलियन डलरको साथ तेस्रो स्थानमा छन् ।  

फ्रान्सेली व्यापारी बर्नार्ड अर्नाल्ट १९७ अर्ब डलरसहित चौथो, ल्यारी एलिसन १८१ अर्ब डलरसहित पाँचौं, बिल गेट्स १६० अर्ब डलरसहित छैटौं, ल्यारी पेज १४८ अर्ब डलरसहित सातौं, वारेन बफेट १४३ अर्ब डलरसहित आठौं, स्टिभ बाल्मर १४२ अर्ब डलरसहित नवौं स्थानमा छन् ।  सर्गेई ब्रिन १३९ बिलियन डलरसहित दशौं स्थानमा छन्।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.