काठमाण्डौ । सानिमा बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत बाढीपहिरो र डूबानबाट प्रभावितहरुको पुनस्र्थापना तथा राहातका लागि २५ लाख रुपैयाँ सहयोग गरिएको बैंकले जनाएको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।