काठमाण्डौ । पहेँलो धातु सुनको भाउ लगातार चौथो दिन पनि घटेको छ ।
बुधबार नेपाली बजारमा सुनको भाउ घटेर प्रतितोला १ लाख ५९ हजार १०० मा सीमित भएको हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार १०० मा कारोबार भएको सुनको भाउ सोमबार भने १ लाख ६० हजार ५०० रुपैयाँ रहेको थियो ।
असोज १८ गते सुनको भाउ प्रतितोला १ लाख ६१ हजार ३०० को सर्वाधिक उचाईमा पुगेको थियो । त्यसपछि भने दैनिक घटिरहेको छ ।
सुनसँगै चाँदीको मूल्यमा समेत सामान्य गिरावट आएको छ । जसअनुसार मंगलबार प्रतितोला १९४० रहेको चाँदीको भाउ घटेर बुधबार १९०० कायम भएको हो । सोमबार प्रतितोला १ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य असोज २० गते १९८५ प्रतितोला पुगेको थियो ।