आईतवार, बैशाख ६,२०८३ 08:55:20
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:55:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इन्द्रचोकको गल्लीमा चङ्गा उडाएका छोटेलाल रौनियार भन्छन्-'बजारले अब छलाङ मार्छ, सेयरमा लगानी गरौं'

Bizshala
इन्द्रचोकको गल्लीमा चङ्गा उडाएका छोटेलाल रौनियार भन्छन्-'बजारले अब छलाङ मार्छ, सेयरमा लगानी गरौं'
Shivam Cement

काठमाण्डौ । देशमा दसैंको उमङ्ग छ । विदेशमा बस्ने नेपालीहरुमाझ पनि महान पर्व दसैंको उस्तै रौनक छ । काठमाण्डौमा नै जन्मेहुर्केका नेपाल इन्भेष्टर फोरमका निबर्तमान अध्यक्ष  छोटेलाल रौनियारको दशैं अनुभव भने केही भिन्न रहेको छ।  

रौनियार काठमाण्डौको इन्द्रचोक क्षेत्रमा जन्मी हुर्किएका व्यक्ति हुन् । दशैंभन्ने बित्तिकै उनलाई बाल्यकालमा पैसा उठाएर काठमाण्डौमा चङ्गा उडाएको याद आउँछ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सेयर बजारमा लागेपछि पनि चङ्गा उडाएका यादहरु छन् । बालापनमा घरको कौशीमा बसेर चङ्गा उडाएको विगत सम्झिँदा मात्र पनि रौनियार पुलकित हुने गर्छन् ।  

चङ्गा उडाउँदा उनका साथी ज्ञानरत्न तुलाधर कौशीबाट खसेर बल्लतल्ल बाँचेको उनलाई अझै पनि याद छ । ‘त्यो समयमा काठमाण्डौमा १० पैसामा नै चङ्गा पाइन्थ्यो । हामीले इन्द्र चोकको गल्ली गल्ली पुगेर चङ्गा उडाउँथ्यौं । त्यो बेलाको चङ्गा उडाउँदाको खुशी अहिले करोडौं खर्च गर्दा पनि पाइन्न ।’ रौनियारले भने । 

CG Motors
Garima Development Bank
IME remit

‘जे खुसि छ, त्यो बालपनमा नै थियो । मैले एक अमेरिकी साथीसँग पनि मिलेर चङ्गा उडाएको याद आउँछ । महान पर्वहरुको अवसरमा पाइने त्यो बेलाको खुशी र यसको मीठास अहिले सायदै पाइन्न ।’ उनले थप्दै भने ।  

दसैंको अवसर पारेर धेरैपटक रौनियार स्वदेशका विभिन्न गन्तव्य घुम्न निस्किएका छन् । उनले एभरेष्ट बेसक्याम्प तथा अन्य हिमालका बेसक्यम्पमा दशैं मनाएका प्रशस्त यादहरु सँगालेका छन् ।  

उनी भन्छन्–‘काठमाण्डौबाहिर ठूलो देश र घुम्ने ठाउँ रहेको छ । तर यो पटक भने मौसम र बाटोले गर्दा बाहिर घुम्न गइँन ।’

लगानीकर्ता तथा नियामक निकायलाई दसैं, तिहार र छठको  शुभकाना दिँदै रौनियारले भने–‘पूँजीबजारको आउने समय निकै उज्वल रहेको छ ।  किनकी हिजो ३ हजार हुँदा सेयरबाजारको अबस्था जे रहेको छ अहिले पनि अबस्था त्यही नै रहेको कारण पूँजीबजारले फेरी छलाङ मार्नेछ । यो भनेको लगानी गर्ने नै समय हो । त्यसकारण दसैंको बजेटबाट अलिकति बचाएर पनि सेयर बजारमै लगानी गरौं ।’    

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.