सोमबार, कार्तिक ९,२०८३ 01:14:08
  • सोमबार, कार्तिक ९,२०८३ 01:14:08
Global IME Bank Limited

ठाउँ अभावले लिङ्गे पिङ बन्न छाडे, दुर्गा भवानीको आशिर्वादले बजारले छिट्टै गति लिन्छ: राजकुमार तिमिल्सिना

Bizshala
ठाउँ अभावले लिङ्गे पिङ बन्न छाडे, दुर्गा भवानीको आशिर्वादले बजारले छिट्टै गति लिन्छ: राजकुमार तिमिल्सिना
New Office

काठमाण्डौ । नेपालमा बर्षात ऋतु सकिएर सरद ऋतु चलिरहेको छ । योसँगै बर्खाको हिलोमैलो, बाढीपहिरो रोकिएर नयाँ मौसम सुरु हुँदैछ । देश–बिदेशबाट परदेशिएकाहरु आउने क्रम चलिरहेको  छ । दसैं मनाउन धेरै मानिसहरु आफ्नो पुख्र्यौली थलो पुगिसकेका छन् । गाउँघरका खेतमा धानको बाला झुलिरहेको छ । तन्नेरी, युवायुवतीहरु लिङ्गे पिङमा रमाइरहेका छन् ।  

बाढीपहिरोले गर्दा देशमा सूदुरपश्चिम र सुदुरपूर्बका गाउँहरुमा पुग्न सहज मोटरबाटो छैन । पूँजीबजारमा लागेका लगानीकर्ताहरु पनि केही गाउँघर पुगेका छन् भने केहीले राजधानीमा नै दसैं मनाइरहेका छन् । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भिजन सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३४)का सञ्चालक राजकुमार तिमिल्सिना पनि यसपालिको दसैं मा राजधानीमा नै रमाइरहेका छन् । उनले राजधानीमा नै दसैं मनाउन थालेको यो पहिलो पटक भने होइन ।  

उनको बिचारमा दसैं भनेको धार्मिक रुपमा चलिआएको परम्परा तथा देवीप्रतिको आस्था हो । यो भनेको पूर्खादेखिको चलेको निरन्तरता हो । तर अहिले पहिलेको जस्तो बाटोघाटो बनाउने, रातो माटोले घर रङ्ग्याउने चलन नरहेको उनको भनाई छ ।

Garima Development Bank
Bizshala
IME remit

शहरमा पनि घरमा रङ्ग लगाउने चलन हट्दै गएको देखिन्छ । अहिले पहिलेको भन्दा दसैं केही भिन्न हुँदै गएको उनको बिचार रहेको छ ।  उनी भन्छन्–‘म अहिले बसेको कपनमा पनि पहिले  गाउँघरजस्तै हुन्थ्यो । बाँस नै गाडेर पिङ हाल्ने चलन थियो, तर ठाउँको अभावले त्यो हट्दै गयो । सबै कुरा खल्लो हुँदै गयो ।’  

पूँजीबजारमा लाग्ने लगानीकर्ताहरुलाई शुभकामना दिदैं उनी भन्छन्–‘पूँजीबजारको आगामी दिन सुनौला छन् । बजार घट्न रोकिएर फर्किने तरखरमा छ । दुर्गा भवानीको आशिर्वादले पूँजीबजारले छिट्टै गति लिनेमा म विश्वस्त छु ।’

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.