बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:11
IME remit
Global IME Bank Limited

दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य

Hyundai Nepal
दिमाग फ्रिजमा राखेर मरेको मानिस बचाउन सकिने, वैज्ञानिकले पत्ता लगाए रोचक रहस्य
Nabil Bank Limited

–रशेल नूवेर, बीबीसी

अमेरिका र रुसमा हिजोआज तीनसय व्यक्ति सधैंका लागि गुमनाम हुँदैछन् । उनीहरुलाई यसबेला निकै चिसो वातावरणमा राखिएको छ । यस्तो कामलाई ‘क्रायोप्रेजर्वेशन’(शरीरका सेल र टिस्यूहरुलाई पानी जम्ने भन्दा अझ चिसो वातावरणमा राखेर जोगाउने प्रक्रिया) भनिन्छ ।  

यी तीन सय व्यक्तिको मुटुको धड्कन चल्न छाडेपछि उनीहरुलाई औधी चिसो वातावरणमा फ्रिज गरेर राखिएको हो । पूर्ण रुपमा मर्नुभन्दा अगाडि नै यी व्यक्तिहरुको दिमागलाई फ्रिज गरिएको थियो । यसलाई ‘विट्रीफिकेशन’ भनिन्छ ।  

कानूनी हिसाबले ती तीनसय व्यक्ति मृतक हुन् । यदि ती व्यक्ति कुनै बेला बोल्न सके भने भनिएला कि उनीहरुको शरीर अझैसम्म पनि लाशमा परिणत भइसकेको रहेनछ । डाक्टरी भाषामा भन्ने हो भने मरेका भनिएका यी व्यक्ति बेहोस मात्र भएका हुन् ।  

कसैलाई थाहा छैन कि यी व्यक्तिहरुलाई फेरि जिउँदो बनाउन सकिन्छ या सकिन्न । तर धेरै मानिसहरु मरेर खरानी हुनुभन्दा वा माटोमा मिल्नुभन्दा यसरी फ्रिजमा सग्लै रहनुलाई उत्तम उपाय मान्न थालिसकेका छन् । अहिले विश्वका विभिन्न देशमा १२५० यस्ता मान्छेहरु छन्, जो कानूनी हिसाबले बाँचेका हुन्, तर उनीहरु आफूलाई क्रायोप्रेजर्वेशनमा राख्न चाहिरहेका छन् ।  

अमेरिका बाहेक अस्टे«लिया र यूरोपका केही देशहरुमा यस्तो केन्द्र खोल्न खोजिँदैछ कि, जहाँ मानिसको शरीरलाई निकै चिसो वातावरणमा राखिनेछ, यस्तो आशामा कि सायद ती मानिसहरु कुनै दिन जिउँदो भएर उठ्न सकून् । 

Shivam Cement
Bizshala
CG Motors

अमेरिकाको मिसिगनको क्रायोनिक्स( कुनै पनि व्यक्ति अल्पायुमै मरेपछि उसलाई फेरि जिवित पार्ने आशामा डिप फ्रिजमा राखेर गरिने उपचार विधि) इन्स्टिच्यूटका डेनिस कोवाल्स्कीको भनाईमा कसैलाई यसरी चिसोमा जमाउनु मृत्युपछि कुनै पनि मानिससँग भएको साच्चिकै खराब घटना हो । मिशिगनको यो इन्स्टिच्यूट विश्वकै सबैभन्दा बढी क्रायोनिक्सको सुविधा भएको संस्था हो । डेनिस आफैं चाहि डिप फ्रिजमा जमाएर राखिएका यी व्यक्तिहरु फेरि उठ्लान भनेर ठोकूवा नै गरेर भन्न चाहि नसकिने स्पष्ट पार्छन । तर यो चाहि पक्का हो कि, मरेपछि यदि कसैको लाशलाई जलाइयो वा गाडियो भने त्यो व्यक्ति कुनै पनि हालतमा फेरि बाँच्ने संभावना चाहि सधैका लागि सकिन्छ ।  

त्यसो त ‘डिमालिशन मेन’ र ‘वनिला स्काईं’ नामका दुई हलिवुड फिल्ममार्फत समेत यस्तो संभावनाको खोजीको प्रयास गरिएको थियो ।  

विश्वका कयौं वैज्ञानिकको दाबी छ कि कसैलाई मरेपछि निकै चिसोमा फ्रिज गरियो भने त्यो व्यक्ति वर्षौपछि फेरि बाँच्ने संभावना अधिक हुन्छ । त्यस्तो व्यक्तिलाई फेरि जिउँदो बनाउन सकिने संभावना पनि अधिक हुन्छ ।  

एक खरायोको दिमागलाई क्रायोनिक्स टेक्निकबाट निकै चिसो वातावरणमा फ्रिज गरेर राखिएको थियो । खरायो मर्यो भनिएको कयौं हप्तापछि पनि उसको दिमाग चाहि सुरक्षित थियो । तर खरायोको शरीर चाहि त्यसबेलासम्म पनि मरेकै थियो, मूर्दाको रुपमा थियो । मरेको खरायोको दिमागलाई फेरि चलाउने काममा वैज्ञानिकहरुले सफलता हात पारे । यही तथ्यलाई आधार मानेर मरेको मानिसलाई फ्रिजमा राखी वर्षौपछि समेत जिउँदो बनाउन सकिने वा उसको दिमागलाई चलायामान बनाउन सकिने तर्क पेश गर्नेहरुको संख्या बढ्न थालेको छ । तर खरायोको दिमागलाई फ्रिजमा राखेर फेरि चलायामान बनाउनु र मानिसको दिमागलाई समेत सोही प्रक्रिया अनुसार चलायामान बनाउनुमा धेरै अन्तर हुन्छ । 

तर धेरै वैज्ञानिकहरुले पनि दाबी गर्न थालेका छन् कि केही समयपछि कसैलाई निकै ठण्डा माहौलमा राखेर त्यसमा प्राण भर्ने काम निकै सहज हुनेछ ।  

अमेरिकाको क्यालिफोर्नियामा एक रिसर्च फाउण्डेसन छ, यो फाउण्डेसन उमेरका कारण हुने बिरामीको बिषयमा रिसर्च गर्ने गर्छ । यो संस्थाकी प्रमुख आब्रे डे ग्रेको भनाईमा क्रायोप्रेजर्वेशन एकप्रकारको भरपर्दो उपचार विधि पनि हो । उनले समेत क्रायोप्रेजर्वेशनको सफलतम प्रयोगबाट मरेका मानिसहरुको दिमागलाई फ्रिज गरेर कर्यौ वर्षपछि जगाउन सकिने र मानिसलाई बचाउन सकिने संभावना अधिक रहने दाबी गरेकी छिन् ।  

तर के मानिस आफू मरेको वर्षौपछि उठ्यो वा बाँच्यो भने उसका लागि यो संसार सहज होला त ? वैज्ञानिकहरुले  यसतर्फ समेत विश्लेषण गर्न थालिसकेका छन् ।  

मानौ कि क्रायोप्रेजर्वेशनबाट आगामी दिनमा केही व्यक्ति बाँचे रे, उनीहरुका लागि सबै संसार नयाँ हुनेछ र नयाँ संसार तथा माहौलमा उनीहरुले बाँच्नुपर्नेछ, आफूलाई घूलमिल गर्नुपर्नेछ । कतिपय वैज्ञानिकहरुका अनुसार क्रायोप्रेजर्वेशनको विधिबाट मरेको मानिसलाई फ्रिजमा राखेर ३० देखि ४० वर्षको अवधिमा जिउँदो बनाएर प्राण भर्न सकिन्छ । यदि यो कुरा सत्य निस्कियो भने ती व्यक्तिलाई जिउँदो भएपछि स्वागत गर्न तिनका नाति नातिना आउलान्, तर के ती व्यक्ति बाँचेर नाति नातिनाको त्यो आधुनिक संसारमा आफूलाई घूलमिल गराउन सक्लान् ? यस्ता प्रश्न तथा सवालहरुको बिषयमा समेत बहस हुन थालेको छ ।  

तर यदि दिमाग फ्रिज गरिएको १ सय वर्षपछि मात्र मरेको मानिसमा प्राण भर्न सकिने भयो भने त्यस्तो अवस्थामा के होला ? सहज छ, मरेको मानिसलाई तिनका शाखा सन्तानले समेत भूलिसकेका हुनेछन् । १ सय वर्षअघि मरेको मानिस बाँचेर उठ्ला, तर उसले फेरि सबै जिन्दगी नयाँ शिराबाट सुरु गर्नुपर्नेछ, नयाँ शिराबाट सोच्नुपर्ने छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर पनि मानिसमा क्रायोप्रेजर्वेशन विधिबाट फेरि बाँच्न सकिन्छ भन्ने विश्वास बढ्दै गएका कारण डेनिस कोवाल्स जस्ता मानिस समेत आफू र आफ्नी पत्नी तथा बालबच्चालाई समेत मरेपछि क्रायोप्रेजर्वेशनमा राख्नका लागि नाम दर्ता गर्न थालिसकेका छन् । डेनिसको भनाईमा कुनै न कुनै मानिसले बाँचियो भने स्वागत गर्ने नै छ, कम्तीमा मरेको कयौं वर्षपछि उठेर फेरि नयाँ र अति आधुनिक संसार देख्न पाइनेछ, अर्को जीवन बाँच्न पाइनेछ । यदि स्वागत गर्ने कोही भएन भने पनि ठीकै छ । डेनिस उदाहरण दिंदै भन्छन्–‘यदि तपाई सपरिवार कुनै प्लेनको यात्रा गर्दै हुनुहुन्छ, प्लेन क्र्यास भयो, तपाईका परिवारका सबै सदस्य मरे, तर तपाईं मात्र बाँच्नुभयो । त्यो बेलामा तपाई के गर्नुहुन्छ ? आत्महत्या गर्नुहुन्छ ? गर्नु हुन्न नि । नयाँ परिस्थितिको सामना गरेर बरु जिउनै खोज्नुहुन्छ नि, हो ठीक त्यसैगरी म मरेको कयौ वर्षपछि उठ्दा मलाई स्वागत गर्न मेरै परिवारका नआए पनि म त्यो संसारमा बाँच्नेछु, वा कुनै पनि मानिस घूलमिल हुनेछ ।’  

कतिपय जानकारहरुले भन्ने गरेका छन् कि मरेको कयौं वर्षपछि उठ्ने मानिसलाई कसैले सहयोग गर्दैन । उनीहरुसँग ज्यान बाहेक केही हुन्न । त्यसबेला के गर्लान् उनीहरु ? सायद यस्तै बहसलाई मध्यनजर गरी केही संस्थाहरुले क्रायोप्रेजर्वेशनबाट बाँच्ने मानिसहरुलाई संसारमा फेरि चल्न, हिँड्न र बाँच्न सजिलो होस् भनेर केही रकम बजारमा परिचालन गर्न पनि सुरु गरिसकेका छन् । ताकि भोलिका दिनमा क्रायोप्रेजर्वेशनबाट जिउँदो उठेको मानिसलाई यही सञ्जालबाट आर्थिक सहयोग मिल्न सकोस् ।  

वैज्ञानिकको भनाईमा अनुसार क्रायोप्रेजर्वेशनबाट मरेको मानिसलाई जिउँदो बनाउन २ सय वर्ष लाग्यो भने चाहि अवस्था निकै कठीन हुनसक्छ । २ सय वर्षअघिको माहौलमा बाँचेका मानिसलाई २ सय वर्षपछिको संसारमा घुलमिल गराउन चाहि निकै कठीन हुन्छ । उनीहरुलाई सायद कुनै नयाँ र अनौठो संसारमा पुगेजस्तो पनि लाग्ला त्यसबेला ।  

अमर हुनु निकै चुनौतिपूर्ण कुरा पनि हो । तर एकपटक मरेको भनिएको व्यक्तिको दिमाग बाँच्नु भनेको मृत्युलाई हराउनु पनि हो । मृत्यु, मानिसको अस्तित्वको एक अहम् हिस्सा पनि हो । यदि मानिस फेरि बाँच्ने अवस्था भयो भने मृत्युको बिषयमा समेत नयाँ ढंगले बहस र खोजी सुरु हुन थाल्नेछ ।  

अनेकन समस्या र चुनौति तथा बहसका बीच पनि आखिर विकसित देशका केही मानिसहरु फेरि बाँचिने आशामा छन् र मरेपछि एकपटक बाँच्ने आशालाई ठाउँ दिने पक्षमा छन् । उनीहरुको निश्कर्ष यही छ कि मरेपछि सधंैका लागि गुमनाम भएर खरानी बन्नु वा माटोमा मिल्नुको साटो दिमागी हिसाबले मात्रै भए पनि काफी, कम्तीमा आफ्नो अस्तित्व त रहन्छ । कारण क्रायोप्रेजर्वेशन विधिका लागि आफ्नो नाम दर्ता भए फ्रिजमा दिमाग बाँचिरहन्छ, ज्यान लाश बनेर लडिरहे पनि । भोलि कुनै दिन जिउँदो भएर पो उठ्न पाइएला कि ?

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.