काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २९ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि यही दर कायम थियो ।
आज एक यूरोको खरिददर १४६.४९ रुपैयाँ र बिक्रीदर १४७.१४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.०८ रुपैयाँ र बिक्रीदर १७५.८७ रुपैयाँ कायम भएको छ ।
आज एक अष्ट्रेलियन डलरको खरिददर ९०.१२ रुपैयाँ र बिक्रीदर ९०.५२ रुपैयाँ कायम भएको छ ।
१० जापानी येनको खरिददर ८.९७ रुपैयाँ र बिक्रीदर ९.०१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९४ रुपैयाँ र बिक्रीदर १९.०३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.२५ रुपैयाँ र बिक्रीदर ३१.३९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.९७ रुपैयाँ र बिक्रीदर ९.९१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.४९ रुपैयाँ र बिक्रीदर ४३९.४५ रुपैयाँ कायम भएको छ ।