• बिहीबार, भाद्र २६,२०८२ 04:13:30
Global IME Bank Limited

एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च, एशियाली चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि बढ्यो

Hyundai Nepal
एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च, एशियाली चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि बढ्यो

काठमाण्डौ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा कम्पनीको सेयरमूल्य २.४ प्रतिशतले बढेर प्रतिकित्ता १३८.०७ डलर पुगेको छ ।  

यसअघि कम्पनीको सेयरमूल्य गत जुन १८ मा प्रतिकित्ता १३५.५८ डलर पुगेको थियो । यो वर्ष कम्पनीको सेयरमूल्य १७८ प्रतिशतले बढिसकेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एनभिडिया, अमेरिकाको दोस्रो ठूलो मूल्यवान कम्पनी हो । कम्पनी एप्पल भन्दा मात्रै पछि छ । एप्पलको बजार पूँजीकरण ३.५५ ट्रिलियन डलर छ । एनभिडियाको बजार पूँजीकरण भने ३.४ ट्रिलियन डलर रहेको छ ।  

एनभिडियाको सेयरमूल्यले नयाँ उचाई हासिल गरेसँगै आज एशियाली चिप कम्पनीहरुको सेयरमूल्य पनि वृद्धि भएको छ । दक्षिण कोरियाको चिप निर्माता कम्पनी एसके हाईनिक्सको सेयरमूल्य २.५ प्रतिशतले बढेको छ । यो कम्पनीले एनभिडियाका लागि उच्च ब्राण्डविथ मेमोरी चिप उत्पादन गर्छ ।  

यस्तै सामसुङ इलेक्ट्रिोनिक्स र ताइवानका चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि बढेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.