काठमाण्डौ । नेपाल हाईड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रो पावरमा लगानी गर्ने भएको छ । कम्पनीको असोज २३ गतृ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सुपर खुदी हाइड्रो पावर लिमिटेड द्वारा प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजना (२६ मेवा) मा अधिकतम १० करोड रुपैयाँ ( रु.१०० अंकित १० लाख कित्ता सेयरसम्म लगानी गर्ने सर्वसम्मत निर्णय गरेको कम्पनीले जनाएको छ ।