सोमबार, असार २,२०८२ 04:02:03
  • सोमबार, असार २,२०८२ 04:02:03
Global IME Bank Limited

हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप

Hyundai Nepal
हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप
Nabil Bank Limited

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले हिमालय उर्जा विकास कम्पनीले आफूहरुको अक्सनको पैसा फिर्ता नदिएको आरोप लगाएका छन् । सक्रिय लगानीकर्ता केशब कोइरालाले पैसा फिर्ता गरिदिन आग्रह गरेका छन् ।  

उनले फेसबुकमा लेखेका छन्, ‘बल्ल बुझे ताल नबिल इन्भेष्टमेन्ट बैंक रहेछ तिर्ताले, अक्सनमा नपरेको पैसा फिर्ता ले । सेबोन हाम्रो पैसा समयमै फिर्ता दिलाइदेउ ।’

साथै कोइरालाले १० दिनसम्म नबिल इन्भेष्टमेन्ट बैंकिङले लगानीकर्ताहरुको पैसा फिर्ता नगरेको पनि आरोप लगाएका छन् ।  

हिमालय उर्जा विकास कम्पनीको लिलामीमा राखिएको १४ लाख कित्ता बढी सेयरको बोलपत्र असोज १८ गते खोलिएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता अर्थात १ः१ अनुपातमा प्रतिकित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।  

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ताहकप्रद सेयर अवितरित रहेको थियो ।  यही सेयर कम्पनीले अक्सनमार्फत बिक्री गरेको थियो । 

नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले बाँडफाँडपछि पनि चेक सटही तथा हिसाब मिलान गर्न केही समय लाग्ने भएको कारण ढिलो भएको प्रतिक्रिया दिए । जोशीले अक्सन खोल्दैमा काम नसकिने उल्लेख गर्दै सबै प्रक्रिया पूरा भएपछि भने कम्पनीले तुरुन्तै पैसा फिर्ता गर्ने पनि जानकारी दिए ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.