बुधबार, भाद्र ३,२०८३ 03:58:50
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:58:50
Bizshala
Global IME Bank Limited

हिमालय उर्जाको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता आजदेखि

हिमालय उर्जाको अवितरित हकप्रद सेयर बाँडफाँड, रकम फिर्ता आजदेखि
New Office

काठमाण्डौ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीको १४ लाख ४६ हजार ३५५ कित्ता अवितरित हकप्रद सेयर असोज २९ गते निष्कासनकर्ता कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा बाँडफाँड भएको हो ।  

उक्त हकप्रद सेयरको गोप्य शिलबन्दी बोलपत्र असोज १८ गते खोलिएको थियो । आवेदकहरुको बाँडफाँडमा नपरेको सेयर वापतको रकम फिर्ता भुक्तानी असोज ३० गते

आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक वा वित्तीय संस्थाको खातामा आईपीएसमार्फत रकमान्तर गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको एकिन गरि रकम जम्मा नभएको खण्डमा नबिल इन्भेष्टमेन्ट बैंकिङ,नारायणचौर नक्सालमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।  

Bizshala
CG Motors

कम्पनीले गत असोज ७ गतेदेखि १४ गतेसम्म १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको थियो । कम्पनीले गत असार १९ गतेसम्म कायम साविकका सेयरधनीहरुका लागि १ कित्ता सेयरबराबर नयाँ १ कित्ता (१ः१) अनुपातमा प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गरेको थियो ।

उक्त हकप्रदमा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । बाँकी रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर अवितरित रहेको थियो ।  

कम्पनीले उक्त सेयरहरुको बिक्री आवेदन गत असोज ७ गतेदेखि १४ गतेसम्म खुलाएको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.