काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले गत असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट पारित भएको आव २०८०/८१ को लागि प्रस्तावित १०.७३६८ प्रतिशतका दरले (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) नगद लाभांश वितरण गरेको हो ।
आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको हकमा उक्त नगद लाभांश असोज २१ गतेदेखि सम्बन्धित सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ ।
हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराएका भएका सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंकरवित्तीय संस्थाको स्वीकृति पत्र यस कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्नुहुन समेत कम्पनीले आग्रह गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                