बिहीबार, बैशाख ११,२०८२ 06:20:39
IME remit
  • बिहीबार, बैशाख ११,२०८२ 06:20:39
IME remit
Global IME Bank Limited

हालसम्म कुन बैंक र वित्तीय संस्थाले कति घोषणा गरे लाभांश ?

Hyundai Nepal
हालसम्म कुन बैंक र वित्तीय संस्थाले कति घोषणा गरे लाभांश ?
Nabil Bank Limited

काठमाण्डौ। हालसम्म ९ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीहरुमध्ये प्रत्येक आर्थिक वर्षको सञ्चित मुनाफाबाट लगातार आफ्ना सेयरधनीहरुलाई लाभांश बाँड्नेमा बैंक तथा वित्तीय संस्थाहरु पदर्छन् ।  

बैंक तथा वित्तीय संस्थाले प्रत्येक आवको मुनाफाबाट केही प्रतिशत भएपनि लाभांश वितरण गर्ने भएकाले सेयरबजारमा बैंक तथा वित्तीय संस्थाको स्टकमा लगानीकर्ताको आकर्षण देखिन्छ ।  

यसर्थ बैंक तथा वित्तीय समूहको धितोपत्र बजार पुँजीकरणमा समेत हिस्सा ठूलो रहेको छ । नेप्सेमा १९ वटा वाणिज्य बैंक, १५ वटा विकास बैंक, १५ वित्त कम्पनी र ४४ वटा लघुवित्त संस्थाहरु गरी कुल ९३ बैंक तथा वित्तीय संस्थाहरु सूचीकृत छन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

तर हालसम्म जम्मा ९ वटा बैंक तथा वित्तीय संस्थाले मात्रै गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । जसमध्ये ४ वटा वाणिज्य बैंक, एक विकास बैंक र ४ वटा लघुवित्त संस्था छन् । वित्त समूहबाट हालसम्म कुनै पनि संस्थाले लाभांश प्रस्ताव गरेका छैनन् । लाभांंश सिजन सुरु भएसँगै धमाधम बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गर्न थालेका छन् । सेयरबजारमा लगानीकर्ताहरुको आकर्षण पनि देखिएको छ ।  

अझ विशेषगरी वाणिज्य बैंक र विकास बैंकहरुले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने गर्दछन् । बैंकको तुलनामा वित्तीय संस्थाहरुले गत आवमा अधिकांशले सेयरधनीहरुको हात रित्तो बनाएका थिए । वाणिज्य बैंकहरुले केही प्रतिशत भएपनि बोनस सेयर वा नगद लाभांश भएपनि आफ्ना सेयरधनीहरुलाई वितरण गर्दै आएका छन् ।  

अझैपनि १५ वटा वाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी छ भने विकास बैंकतर्फ १४ वटा बैंकको लाभांश घोषणा हुन बाँकी छ । साथै, वित्त समुहतर्फ सबै कम्पनीको लाभांश घोषणा हुन बाँकी छ भने लघुवित्त संस्था समूहतर्फबाट ४० वटा संस्थाको लाभांश घोषणा हुन बाँकी नै छ ।  

Muktinath Bikas Bank Limited

अझैपनि दोस्रो बजारमा बैंक तथा वित्तीय संस्थाहरुको सेयर खरिद गर्दा लाभांश पाउन सक्ने सम्भावना रहेको छ ।  

वाणिज्य बैंकतर्फ सानिमा बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक र सिटिजन्स बैंकले मात्रै हालसम्म लाभांश घोषणा गरेका छन् । विकास बैंकतर्फ कामना सेवा विकास बैंक र लघुवित्त समूहतर्फ फरवार्ड माइक्रोफाइनान्स, स्वाबलम्बन लघुवित्त, आशा लघुवित्त र गुराँस लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् ।  

लाभांश घोषणा गरेका कुल ९ वटा बैंक तथा वित्तीय संस्थामध्ये ४ वटा संस्थाको लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज भइसकेको छ भने ५ वटा बैंक तथा वित्तीय संस्थाको बुकक्लोज हुन बाँकी नै छ । यसर्थ ५ बैंक तथा वित्तीय संस्थाको सेयर खरिद गर्दा अझ पनि लाभांश पाउन सकिन्छ ।

 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.