बिहीबार, श्रावण १४,२०८३ 11:13:50
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 11:13:50
Bizshala
Global IME Bank Limited

प्रभु स्मार्ट फण्ड र सेलेक्ट फण्डका इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा

प्रभु स्मार्ट फण्ड र सेलेक्ट फण्डका इकाईधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा
New Office

काठमाण्डौ । प्रभु म्यूचुअल फण्डअन्तर्गत सञ्चालित प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरिएको छ । 

प्रभु बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको तथा प्रभु क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यी दुई योजनाका इकाईधनीहरुलाई आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तावित लाभांश वितरण गरिएको हो ।  

इकाईधनीहरुलाई असोज १३ गतेसम्म नेप्सेको प्रणालीमा भई लिखतमा रहेका इकाईधनीहरुको हितग्राही खातामा बैंक खाता अद्यावधिक रहेकाको हकमा बैंक खातामा  रकम जम्मा गरिएकोले योजना व्यवस्थापक प्रभु क्यापिटलले जनाएको छ ।  

गत आवका लागि प्रभु सेलेक्ट फण्डका इकाईधन्ीहरुलाई १० प्रतिशत र प्रभु स्मार्ट फण्डका लागि ८.५० प्रतिशत नगद लाभांश वितरण गरिएको छ । 

साथै, उक्त प्रतिफल अभौतिकिकरण पश्चात् मात्रै सम्बन्धित बैंक खातामा जम्मा गरिने भएकाले हालसम्म पनि आफ्नो इकाई अभौतिकिकरण नगराएका इकाईधनीहरुले प्रभु क्यापिटलमा सम्पर्क राखी आफ्नो इकाई अभौतिकिकरण गराउन प्रभु क्यापिटलले आग्रह गरेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.