काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा अपि पावर कम्पनीको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २९६.१९ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३११ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा कम्पनीको सेयर कारोबारमा आउनेछ ।