काठमाण्डो । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि अन्य व्यक्ति तथा कम्पनीका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यसअघि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुको लागि बिक्रीमा राखिएकोमा आवेदन नपरेकाले आम सर्वसाधारणलाई बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।