काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४५.५४ रुपैयाँ र बिक्रीदर १४६.१९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.०७ रुपैयाँ र बिक्रीदर १७५.८५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.०५ रुपैयाँ र बिक्रीदर ९०.४६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८९ रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७८ रुपैयाँ र बिक्रीदर ९.८३ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.९४ रुपैयाँ र बिक्रीदर ४३९.८९ रुपैयाँ कायम भएको छ ।