काठमाण्डौ । साताको पहिलो कारोबारमा आज सेयर बजार करिब ५० अंकले घटेको छ । योसँगै आज नेप्सेमा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । आजको क्याण्डलसहित यस अघिका २ वटा क्याण्डलाई जोड्दा आज इभिनिङ स्टार बनेको छ ।
जसले घट्दो बजारलाई संकेत गर्छ । बोलिङ्गर ब्याण्ड मार्फत नियाल्दा आज बजारमा अपर ब्याण्डमा डोजी क्याण्डल बने पछि वियरिस प्रकृतिको क्याण्डल बनेको देखिन्छ । अब बजारले मध्य ब्याण्डसम्म सपोर्ट लिन आउन सक्छ । आज बजार घट्दा कारोबार पनि बढेको छ । यो त्यति राम्रो संकेत भने होइन । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । तर हिस्टोग्राम फिक्का र सकारात्मक नै भएको छ । आरएसआई ५५ को तहमा रहेको छ ।
समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा आजको करेक्सन अल्पकालिन हुन सक्ने सम्भावना बढी रहन्छ । पिभटमार्फत नियाल्दा आज २६९८ विन्दुमा बन्द भएको बजारको पहिलो सपोर्ट २६८० , २६१८ र २५६८ विन्दुमा लिन सक्छ । त्यसैगरि, बढेमा भने बजारले २७९५,२८४५र २९०८ विन्दुमा क्रमशःप्रतिरोध लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।