काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ५ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यही दर कायम थियो ।
आज एक यूरोको खरिददर १४५.८४ रुपैयाँ र बिक्रीदर १४६.४९ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७५.१६ रुपैयाँ र बिक्रीदर १७५.९५ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ९०.०१ रुपैयाँ र बिक्रीदर ९०.४२ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७० रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८० रुपैयाँ र बिक्रीदर ९.८४ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.९२ रुपैयाँ र बिक्रीदर ४३९.८८ रुपैयाँ कायम भएको छ ।