शनिबार, फाल्गुन १०,२०८१ 08:29:15
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:29:15
IME remit
Global IME Bank Limited

नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय

बैंकको ब्याजभन्दा बढी प्रतिफल आउछ

Hyundai Nepal
नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय
Nabil Bank Limited

काठमाण्डौ । दशैंपछि तीन दिन लगातार बढेको सेयरबजार पछिल्लो दुईदिनयता उच्च अंकले घट्न पुगेको छ । आज पनि नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ ।  

नेपालीहरुको महान चाड दशैंपछि बजारले लय समात्ने आशा गरिएतापनि पछिल्लो दुईदिन यता नेप्से इन्डेक्समा उच्च अंकको गिरावट आएको छ । हिजो र आज बजार घट्नुमा राजनीतिक अस्थिरतालाई लगानीकर्ताहरु मुख्य कारण मानेका छन् ।  

सेयरबजारलाई राजनीतिक पक्षले प्रत्यक्ष प्रभाव पार्ने हुँदा पछिल्लो दुईनिदको बजारमा राजनीतिक पक्षको प्रभावले उच्च अंकको गिरावट देखिएको बजार जानकारहरु बताउँछन् । नेपालको अर्थतन्त्र सुधारिँदै गएपछि यस्ता राजनीतिक विषयले बजारमा उतारचढाव आउन सक्ने हुँदा यसमा लगानीकर्ताहरु आफैं सचेत बन्नुपर्ने जानकारहरुको तर्क रहेको छ ।  

तर बजार घटिहाले पनि आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको बजार जानकारहरु बताउँछन् । बजारमा दीर्घकालिन लगानी गर्न चाहानेहरुका लागि अहिलेको बजारमा प्रवेश गर्दा अर्थात् कम्पनी छनौट गरी लगानी गर्दा उत्कृष्ट रिटर्न पाउन सक्ने लगानीकर्ताहरुको दाबी छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

राजनीतिक परिस्थितिले बजारमा स्विङ आउने हुँदा लगानीकर्ताले बुझेर लाभांश क्षमता बलिया भएका कम्पनीमा लगानी गर्दा फाइदा हुन सक्ने बजार जानकार सरोज भट्टराई बताउँछन् ।  

‘राजनीतिक उथुलपुथुलले गर्दा हिजो र आजको बजारमा ठूलो करेक्स देखिएको हो । अहिलेको राजनीतिक परिस्थितिलाई नियाँल्दा बजारमा अझै करेक्सन आउने देखिन्छ तर लगानीकर्ताहरु आत्तिहाल्नुपर्ने अवस्था भने छैन’ उनले भने, ‘घट्दो बजारमा लगानीकर्ताका लागि सेयर खरिदका लागि उचित अवसर पनि हुन सक्छ । बजारमा करेक्सन पनि आवश्यक छ । सेयर खरिद गर्नका लागि बजारमा करेक्सन चाहिने हुँदा नयाँ प्रवेशी लगानीकर्ताले लाभांश क्षमता धेरै भएका कम्पनी छानेर लगानी गर्न सक्नेछन् ।’

पछिल्लो समय राजनीतिक घटना घट्दा लगानीकर्ताहरु सशंकित भई बजारमा ठूलो करेक्सन आएको भट्टराईको तर्क छ । ‘केही समय पहिला सरकारप्रतिको विश्वासले गर्दा मात्रै पनि बजार बढेको थियो’ उनले भने, ‘सरकारले नीतिगत केही परिवर्तन नगरे पनि आम लगानीकर्ताले सरकारलाई विश्वास गरेका कारण नै बजार बढेको थियो तर पुनः केही दिनयता राजनीतिक अस्थिरताका कारण बजारमा करेक्सन देखियो । पुँजीबजारलाई राजनीतिक पक्षले प्रभाव पार्ने हुँदा लगानीकर्ता यस विषयमा सतर्क हुन पनि आवश्यक छ ।’

यदि घट्दो बजारको समयमा बजार प्रवेश गर्न चाहानेहरुका लागि भने उचित समय हुन सक्ने उनले बताए । ‘दशैं पछाडीको समय भनेको लाभांश सिजन हो, नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्छन्, बजार छिर्न चाहाने लगानीकर्ताहरुले डिभिडेन्ड क्यापासिटी धेरै भएका र डिभिडेन्ड हिस्ट्री राम्रा भएका कम्पनीमा लगानी गर्दा उचित हुन सक्छ’ उनले भने, ‘अहिलेको समय भनेको लङ टर्म इन्भेष्टमेन्टका लागि हो । कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने हुँदा बजारबाट रिटर्न पाउन नसकेपनि कम्पनीले दिने बोनसबाट रिटर्न पाउने सम्भावना रहन्छ ।’

त्यस्तै, अर्का बजार जानकार दामोदर गजुरेल पनि दीर्घकालिन लगानीका लागि अहिलेको समय उचित हुन सक्ने बताउँछन् ।  

‘बजारमा लगानी तीन प्रकारले गर्न सकिन्छ सर्ट टर्म, मिड टर्म र लङ टर्म । अहिले बजार प्रवेश गर्न चाहाने हो भने मिड टर्म वा लङ टर्मका लागि उपयुक्त छ’ उनले भने, ‘कात्तिक, मंसिर र पुष महिना भनेको सूचीकृत कम्पनीहरुको लाभांश घोषणा देखि साधारण सभाको समय भएकाले अहिले दीर्घकालिन लगानीका लागि बजार प्रवेश गर्नु उपयुक्त समय हो ।’

बैंकमा पैसा थुपारेर वा अन्य सेक्टरमा लगानी गर्नुभन्दा अहिले बजार छिर्दा धेरै रिटर्न पाउने उनले बताए । ‘अहिले नेपालको अर्थतन्त्र सुधारिएको छ । वर्ल्ड बैंकले समेत नेपालको अर्थतन्त्र सुधारिँदै गएको र राम्रो हुने प्रक्षेपण गरिसकेको छ । नेपाल सरकारले रेभुन्यु कलेक्सनको पाटो सुधार गरेमात्रै सेयरबजारले पनि लय समात्नेछ’ उनले भने, ‘लगानीकर्ताहरुले भोलिको समय हेरेर लगानी गर्ने हो यसकारण अहिलेको अर्थतन्त्रको पाटो सबल छ । तत्कालै सरकार फेरबदल हुने देखिँदैन । बजारको लय हेर्दा माथि जाने देखिन्छ ।’

बजारको हिस्ट्री प्याटर्न हेर्दा बजार बढेर ५ हजारको विन्दुमा पुग्ने सक्ने उनले बताए । ‘छिमेकी राष्ट्रहरु श्रीलङ्का, पाकिस्तानमा समेत अर्थतन्त्र सुस्ताएर ब्यँुतिएपछि बजारले बाउन्सब्याक लिएको थियो । नेपालको सन्दर्भमा पनि हिस्ट्री प्याटर्न हेर्दा बजारमा बाउन्स ब्याक आउने देखिन्छ’ उनले भने, ‘बजारमा घट्ने बढ्ने साइकल चलिरहन्छ अहिले बजार केही प्रतिशत घट्दैमा आत्तिहाल्नुपर्ने अवस्था छैन । सबै कुरा सकारात्मक नै छ बजारले लय समातेर ५००० को विन्दुमा पुग्न सक्छ ।’

साथै अहिलेको समय लङ टर्मका लागि लगानी गर्न उचित समय रहेको उनले बताए । ‘बजारमा करेक्सन आउँदा अहिले दीर्घकालिन लगानीका लागि उचित अवसर हुन सक्छ’ उनले भने, ‘बैंक वित्तीय संस्थाहरुको रिर्पोट राम्रो छ । हाइड्रो कम्पनीहरुले पनि बीमा दाबी भुक्तानी पाएका छन् साथै निर्माणका कार्यहरु धमाधम थालनी भएपछि सिमेन्ट कम्पनीहरुको व्यवसाय पनि उल्लेख बृद्धि हुँदै जानेछ । यसकारण दीर्घकालिनका लागि अहिलेको समय बजार प्रवेश गर्दा उचित हुनसक्छ ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.