काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ६ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ ।
आज एक यूरोको खरिददर १४५.६५ रुपैयाँ र बिक्रीदर १४६.३० रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.८६ रुपैयाँ र बिक्रीदर १७५.६४ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.७५ रुपैयाँ र बिक्रीदर ९०.१५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८७ रुपैयाँ र बिक्रीदर १८.९५ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३१.१९ रुपैयाँ र बिक्रीदर ३१.३३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७८ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१० रुपैयाँ र बिक्रीदर ४४०.०६ रुपैयाँ कायम भएको छ ।