बुधबार, भाद्र ३,२०८३ 03:59:33
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:59:33
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बुलिस हरामी’, अबको सम्भावना कस्तो ?

नेप्सेको चार्टमा ‘बुलिस हरामी’, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । केही दिनको गिरावटपछि नेप्सेको चार्टमा फेरि आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याटर्न बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिला जस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।

दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस् तस्बिरमा) भने बुलिस हरामी र बियरिस हरामी भन्ने हुन्छ ।  

बुलिस हरामी चार्टको न्यून विन्दुमा बन्ने गर्छ । यदि रातो लामो क्यान्डलको ठीकपछि छोटो हरियो क्यान्डल बन्छ भने त्यसलाई बुलिस हरामी भनेर बुभिन्छ (हेर्नुहोस् एरो)। यसले ट्रेन्ड परिर्वतनको संकेत गर्छ ।  

Bizshala
CG Motors

यदि घटिरहेको बजारमा यस्तो आकृति बन्छ भने त्यसले बाटो परिवर्तन गर्ने संकेत गर्छ । यस्तो अवस्थामा खरिदकर्ता हाबी भएका हुन्छन् । यस विपरीत यदि पहिलो क्यान्डल लामो हरियो र दोस्रो क्यान्डल छोटो रातो बन्छ भने यसलाई बियरिस हरामी भनेर बुझिन्छ । यस्तो आकृति चार्टको माथि बन्छ र बिक्रीकर्ता हाबी भएका हुन्छन् । यसलाई पनि ट्रेन्ड परिवर्ततको संकेतका रुपमा बुझिन्छ ।

आज केही दिनको गिरावटपछि नेप्सेको चार्टमा बुलिस हरामी क्यान्डल बनेको देखिन्छ । यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ । तर यसको निश्चिताका लागि भने आगमी दिनमा बजार २७०० सय विन्दुभन्दा माथि टिक्नु पर्ने हुन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.