काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको विेशष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको विशेष साधारण सभा काठमाण्डौको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको हो । सभामा ६२.५६ प्रतिशत हकप्रद निष्काशनकको प्रस्ताव पारित गरिएको छ ।
कम्पनीको २०८० साउन १५ गते बसेको विशेष साधारण सभाबाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारमा प्रत्येक १० कित्ता सेयरमा ६।६ ९६६ प्रतिशत० ले हुन आउने रकम बरावरको प्रति कित्ता रु.१०० अंकित दरको हकप्रद सेयर जारी गर्न विशेष प्रस्ताव पारित भएको थियो । सोही अनुसार नेपाल धितोपत्र बोर्ड समक्ष आवश्यक कागजात सहित ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको स्वीकृतिको लागि कम्पनीले २०८० कात्तिक २ गते निवेदन दर्ता गराएको थियो ।
उक्त ६६ प्रतिशत हकप्रद सेयरको निष्काशनको स्वीकृती प्राप्त नहुदै कम्पनीको २०८० फागुन ३ गते सम्पन्न १८ औं वार्षिक साधारण सभावाट कायम रहेको चुक्ता पूँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार को ५।५० प्रतिशत लाभांशको रुपमा बोनस सेयर पारित भई १ खर्ब ५३ करोड ९५ लाख ३५ हजार चुक्तापूँजी कायम भएको थियो ।
उक्त बोनस शेयर वितरण पश्चात कायम भएको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६२.५६ प्रतिशत बराबरको हकप्रद सेयर जारी गर्दा कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार भई न्यूनतम तोकिएको चुक्ता पूँजी कायम गर्न सकिने भएकोले र पुर्व घोषित ६६ प्रतिशत हकप्रद सेयर निष्काशन गर्दा हुने हकप्रद सेयरको कूल कित्तामा समेत तात्विक फरक नपर्ने भएकाले पूर्व निर्णय पुनरावलोकन गरिएको कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                