काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश पाउन आजसम्म सेयरधनीहरु बन्नु पर्नेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कात्तिक ९ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् । कम्पनीले गत आव २०८०/८१ सम्मको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कार्तिक ३० गते शुक्रबारका दिन काठमाण्डौको नक्सालमा रहेको लिसरा रिसेप्सनमा साधारण सभा आयोजना गर्दैछ ।