काठमाण्डौ । अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक ८ गते(का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ ।
यसअघि बुधबार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३४.२३ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको थियो ।
आज एक यूरोको खरिददर १४४.६८ रुपैयाँ र बिक्रीदर १४५.३३ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.१० रुपैयाँ र बिक्रीदर १७४.८८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८९.२० रुपैयाँ र बिक्रीदर ८९.५९ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७८ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.८६ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.८१ रुपैयाँ र बिक्रीदर ४३९.७९ रुपैयाँ कायम भएको छ ।