मंगलवार, चैत्र १९,२०८१ 11:29:51
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:29:51
IME remit
Global IME Bank Limited

अपि पावरको नाफा र आम्दानीमा उल्लेख्य सुधार, ईपीएस १२.५६ रुपैयाँ पुग्यो

Hyundai Nepal
अपि पावरको नाफा र आम्दानीमा उल्लेख्य सुधार, ईपीएस १२.५६ रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासमा आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १८ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ४० लाख ४९ हजार रुपैयाँमा घाटामा रहेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ४७ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८१.८५ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत २६ करोड १६ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म २७ लाख ७५ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको प्रशासनिक खर्च १ करोड ८४ लाख, बिक्री÷वितरण खर्च ४ करोड २६ लाख , ह्रासकट्टी खर्च १० करोड ५६ लाख र वित्त खर्च १८ करोड ६८ लाख रुपैयाँ रहेको छ ।    

५ अर्ब ७८ करोड रुपैयाँ  चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३५ करोड र कुल चालु दायित्व १ अर्ब ३२ करोड रुपेयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस( बढेको छ । अघिल्लो आवमा ०.२९ रुपैयाँले ऋणात्मक रहेको ईपीएस १२.५६ रुपैयाँले धनात्मक अवस्थामा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११२.६५ रुपैयाँ, मूल्य आम्दानी अनुपात २४.८३ गुणा र तरलता अनुपात १.०२ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.