काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२४ रुपैयाँ र बिक्रीदर १३४.८४ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १४४.९१ रुपैयाँ र बिक्रीदर १४५.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४.७८ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.६५ रुपैयाँ र बिक्रीदर ८९.०५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.८१ रुपैयाँ र बिक्रीदर ८.८५ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९४ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.९३ रुपैयाँ र बिक्रीदर ३१.०७ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.१२ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ कायम भएको छ ।