मंगलवार, चैत्र १९,२०८१ 11:22:36
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:22:36
IME remit
Global IME Bank Limited

सिईडिबि हाईड्रोपावरको नाफामा २०२% को उछाल, ईपीएस ३५.११ रुपैयाँ पुग्यो

Hyundai Nepal
सिईडिबि हाईड्रोपावरको नाफामा २०२% को उछाल, ईपीएस ३५.११ रुपैयाँ पुग्यो
Nabil Bank Limited

काठमाण्डौ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०२.२७ प्रतिशतले बढी हो ।  

कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म भने ३ करोड ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।  

यो अवधिसम्म कम्पनीले सेवाशुल्क,ब्याज तथा अन्य आम्दानीमार्फत १० करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४५.९१ प्रतिशतले बढी हो । कम्पनीले गत आवको असोज मसान्तसम्म ४ करोड ९ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको खर्च भने ४१.३८ प्रतिशतले बढेको छ । चालु आवको असोज मसान्तसम्म कम्पनीले ८९ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा तथा सञ्चित कोषमा ४८ करोड ६० लाख रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको जम्मा चालु सम्पत्ति ८९ करोड ६ लाख र १ अर्ब ६२ करोडबराबरको जम्मा पूँजी तथा दायित्व रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३५.११,प्रतिसेयर नेटवर्थ १४७,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५६.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५०.९८ गुणा रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.