काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १४५.२१ रुपैयाँ र बिक्रीदर १४५.८६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२१ रुपैयाँ र बिक्रीदर १७४.९९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.६७ रुपैयाँ र बिक्रीदर ८९.०६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७९ रुपैयाँ र बिक्रीदर ८.८३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८३ रुपैयाँ र बिक्रीदर १८.९२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.७८ रुपैयाँ र बिक्रीदर ३०.९२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७० रुपैयाँ र बिक्रीदर ९.७५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.७६ रुपैयाँ र बिक्रीदर ४३९.७२ रुपैयाँ कायम भएको छ ।