सोमबार, फाल्गुन ४,२०८२ 12:16:41
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 12:16:41
Bizshala
Global IME Bank Limited

हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न

हिमालयन क्यापिटलद्वारा लगानीकर्ता शिक्षा तथा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले लगानीकर्ता शिक्षा तथा जनचेतनासम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिकामा कात्तिक ९ गते उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

हिमालयन क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख सञ्चालन अधिकृत,राम प्रसाद भट्टराईबाट उक्त कार्यक्रममा सहभागीहरुलाई लगानी गर्नुको आवश्यकता, लगानीका साधनहरु, पूँजी बजार, हितग्राही खाताको आवश्यकता, धितोपत्रको प्राथमिक निष्कासनको प्रक्रिया,धितोपत्रको दोश्रो बजारको प्रकृति, र सामूहिक लगानी कोषसम्बन्धी जानकारी प्रदान गर्दै छलफल गरिएको थियो । 

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

साथै, पूँजी बजारको निरन्तर विकासको निम्ति भावी पुस्तालाई पूँजी बजार र यसको प्रकृतिको  सम्बन्धमा जानकार बनाउन सहयोग गर्ने  उद्देश्यको साथ कार्यक्रम सञ्चालन गरिएको थियो।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रमबाट प्यूठान नगरपालिका बिजुवार र माण्डवी गाउँपालिका,प्यूठानका स्थानीयहरु लाभान्वित हुने बिश्वास कम्पनीको रहेको छ । कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण र प्रविधि तथा डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त कार्यक्रम ज्यादै उपयोगी रहेको तथा सेयर बजारसम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताएको कम्पनीले जनाएको छ ।     

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.