काठमाण्डौं । नेप्सेमा लगातार २ दिन बढोत्तरी आएको छ । यो वृद्धिसँगै नेप्से ७४.१ अंकले बढेको छ । यो सँगै कारोबार र भोल्युम पनि सुधार आएको छ ।
प्राविधिक रुपमा डेली बेसमा मध्य ब्याण्डमा सपोर्ट लिएको बजार आवरली बेसमा भने अप ट्रेन्डमा चलेको देखिन्छ । आवरली बेसमा नै बोलिङ्गर ब्याण्डमा बजार अपर ब्याण्डसँगै हिड्न थालेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ । त्यसैगरि, मनी फ्लो इन्डेक्समा पनि ओभर सोल्ड जोन करिब २० बाट फर्केर ५८ को तहमा पुगेको छ । यसले बजारले बिस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।
पछिल्लोपटक २६१२ विन्दुमा सपोर्ट लिएर फर्केको बजारले आज २६९२ विन्दुमा बन्द भएको छ । योसँगै आज बुलिस मारुबुजु क्याण्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गरेको बुझिन्छ । यदि आगामी कारोबारमा बजारले २७ सय माथि भोल्युमसहित टिकेको खण्डमा बजारले माथिको यात्रा तय गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।