काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १४ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यहि मूल्य कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १४४.९३ रुपैयाँ र बिक्रीदर १४५.५८ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२५ रुपैयाँ र बिक्रीदर १७५.०३ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.१२ रुपैयाँ र बिक्रीदर ८८.५१ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८१ रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६९ रुपैयाँ र बिक्रीदर ३०.८३ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.६८ रुपैयाँ र बिक्रीदर ९.७२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.६० रुपैयाँ र बिक्रीदर ४३९.५६ रुपैयाँ कायम भएको छ ।