मंगलवार, कार्तिक ३,२०८३ 04:21:21
  • मंगलवार, कार्तिक ३,२०८३ 04:21:21
Global IME Bank Limited

दराज नेपालद्वारा छैठौं बिक्रेता सम्मेलनको आयोजना,उत्कृष्ट बिक्रेताहरू सम्मानित

Bizshala
दराज नेपालद्वारा छैठौं बिक्रेता सम्मेलनको आयोजना,उत्कृष्ट बिक्रेताहरू सम्मानित
New Office

काठमाण्डौ । नेपालकै अग्रेणी अनलाइन बजार, दराज नेपालले आफ्नो बिक्रेता सम्मेलन सम्पन्न गरेको छ । कम्पनीले कात्तिक ८ गते उक्त बिक्रेता सम्मेलन ललितपुर सानेपामा रहेको हेरितेज गार्देनमा सम्पन्न गरेको हो ।  

‘ईम्पावरिंग सेलर्स, फ्यासिलिटेटिंग ग्रोथ’ नाराका साथ आयोजान गरिएको उक्त कार्यक्रममार्फत दराज नेपालले दराज प्लयाटफर्मको मेरुदण्डका रुपमा रहेका आफ्ना लगनशील बिक्रेताहरूको सम्मान तथा तिनलाई प्रोत्साहन गर्ने उद्देश्यले लिएको थियो ।  

कार्यक्रममा प्रमुख अतिथिका रुपमा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष माननीय अब्दुल खानको उपस्थिती रहेको थियो । उनले कार्यक्रममा आफ्नो मनतब्य व्यक्त गर्दै परिवर्तनशील डिजिटल युगसँग अनुकुल हुनु आजको नितान्त आवश्यकता रहेको कुरामा जोड दिए । कार्यक्रममार्फत आगामी दिनहरूमा ई–कमर्ससम्बन्धी विषयहरू लगायत इ–कमर्स बिलबारे संसदीय समितिमा छलफल आवश्यकता परेमा, माननीय अध्यक्षले यसलाई अगाडि बढाउने र सहज बनाउने प्रतिबद्धता जनाए ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कार्यक्रममा बोल्दै, दराज नेपालको प्रबन्ध निर्देशक आँचल कुँवरले दराजलाई आजका दिन सम्म ल्याइपुर्याउनमा बिक्रेताहरूको मुख्य भूमिका रहेको बताए । ‘बिक्रेताहरुको अथक मिहिनेत, परिश्रम, साथ र सहयोग नै दराजले पाएको यो सफलताको प्रखुख कारण हो’,उनले भने ।  

कार्यक्रममा दराज नेपालका चिफ लजिस्टिक्स अफिसर, सन्तोष बिष्ट, चिफ कमर्शियल अफिसर प्रविण रुक्शान र मार्केटप्लेस प्रमुख प्रशान्त बुर्लाकोटीले ई–कमर्समा बिक्रेता पारिस्थितिको तन्त्र (ईको सिस्टम)को महत्व उजागर गर्दै दराज प्ल्याटफर्मको प्रगतिमा उल्लेख्य भूमिका रहेका सहायक रणनीतिहरूको बारेमा जानकारी दिएका थिए ।  

कार्यक्रमको प्रमुख आकर्षणका रुपमा दराज प्लेटफर्ममा उत्कृष्टता प्राप्त गरेका १८ बिक्रेताहरूलाई सम्मान प्रदान गर्नु थियो । सम्मानले तिनको नवप्रवर्तन, समर्पण र उच्चस्तरीय उत्पादन तथा सेवा उपलब्ध गराउने प्रतिबद्धताको प्रतिनिधित्व गरेको थियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

दराज सेलर समित क्याटगरि अवार्डका विजेताहरुः

–सेलर अफ दि ईयर २०२४ः मसलब्लेज (प्रोटिन नेपाल) र सेटाफिल

–कस्टमर च्वाइस अवार्डः म्हिचा

–मनैदेखि नेपाली अवार्डः नेपाल टि एक्स्चेन्ज

–दराज स्पेशल रिकग्निशन अवार्डः आर एन ईलेक्ट्रोनिक्स

–टप न्यू एसएमई सेलरः ईकमर्स बजार

–टप ईमर्जिंग सेलरः एभरस्को

–टप सेलर— एफएमसीजी क्याटेगरीः बिराट हेल्थकेयर ईन्डस्ट्रिज

–फ्ल्याश सेल हिरो — एफएमसीजी क्याटेगरी ःज्यासमिन हाइजिन प्रडक्ट्स

–क्याम्पेन हिरो — एफएमसीजी क्याटेगरीः एयविबी

–टप सेलर — फेशन क्याटेगरीः शुज स्पट

–फ्ल्याश सेल हिरो — फेशन क्याटेगरीः ई—स्टोर्स

–क्याम्पेन हिरो— फेशन क्याटेगरीः फ्यानसेरा

–टप सेलर— ईलेक्ट्रोनिक्स क्याटेगरीः वानप्लस

–फ्ल्याश सेल हिरो—ईलेक्टोनिक्स क्याटेगरीः उक्स—एज

–क्याम्पेन हिरो — ईलेक्टोनिक्स क्याटेगरीः बोट ( टेलिटक )

–टप सेलर — लाईफस्टाइल क्याटेगरीः ई—मेला

–फ्ल्याश सेल हिरो— लाईफस्टाइल क्याटेगरीः एसपीएन‘स्

–क्याम्पेन हिरो — लाईफस्टाइल क्याटेगरीः कामाख्या डेकोर

दराज नेपाल, आफ्ना विक्रेताहरूलाई साथ—समर्थन प्रदान गर्दै सशक्तिकरणका लागि सदैव प्रतिबद्ध रहँदै आइरहेको छ । यसका लागि दराजले, ई–कमर्स क्षेत्रमा सफल हुन आफ्ना विक्रेताहरुलाई आवश्यक उपकरण तथा  अवसरहरू प्रदान गर्न निरन्तर लागिपरेको छ । विक्रेता सम्मेलनले सम्मानलहरुलाई विगतका उपलब्धिहरुमा मात्र सिमित नराखेर, भविष्यका सहकार्य तथा साझेदारी सफलताहरूको आधारसमेत तयार गरेको कम्पनीको विश्वास छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.