मंगलवार, चैत्र १९,२०८१ 11:37:27
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:37:27
IME remit
Global IME Bank Limited

ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?

Hyundai Nepal
ब्याज आम्दानी बढेसँगै बढ्यो सपोर्ट लघुवित्तको नाफा, खराब कर्जा र ईपीएसको कस्तो छ अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । खुद ब्याज आम्दानी बढेसँगै सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा समेत वृद्धि भएको छ । चालु आवको पहिलो त्रेमाससम्ममा संस्थाको खुद नाफामा ६३.०८ प्रतिशतको बढोत्तरी आएको छ ।  

संस्थाले यो अवधिसम्ममा २६ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो पहिलो त्रैमाससम्म भने संस्थाले १५ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि ३४.२९ प्रतिशतले बढेर १ करोड ९४ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्मचारी खर्च १ करोड ५२ लाख र अन्य सञ्चालन खर्च ६१ लाख ७५ हजार रुपैयाँ रहेको छ । संस्थाको सञ्चालन मुनाफा पनि बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २५ लाख ३६ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर २९ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो आवको पहिलो त्रैमाससम्म ५ करोड ३८ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ६० लाख रुपैयाँ पुगेको छ । संस्था खराब कर्जा अनुपात घटाउन सफल भएको छ । संस्थाको खराब कर्जा अनुपात १.६७ प्रतिशतबाट घटेर १.६४ प्रतिशतमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि ८ लाख २ हजार रुपैयाँ छुट्टाएको छ ।  

संस्थाले समीक्षा अवधिसम्म ३६ करोड २७ लाख निक्षेप संकलन र १ अर्ब ६७ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.६९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५२.०५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६७०.४० रुपैयाँ,मूल्य आम्दानी अनुपात १९०.७५ गुणा र तरलता अनुपात १०.९८ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.