काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १५ गते(का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि अमेरिकी डलरको यहि मूल्य कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १४५.३९ रुपैयाँ र बिक्रीदर १४६.०४ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.१२ रुपैयाँ र बिक्रीदर १७४.८९ रुपैयाँ कायम भएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८८.३० रुपैयाँ र बिक्रीदर ८८.७० रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ८.७८ रुपैयाँ र बिक्रीदर ८.८२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.५५ रुपैयाँ र बिक्रीदर ३६ं.७१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.८५ रुपैयाँ र बिक्रीदर १८.९३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.६५ रुपैयाँ र बिक्रीदर ३०.७९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.८२ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७४ रुपैयाँ र बिक्रीदर ९.७९ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३७.८३ रुपैयाँ र बिक्रीदर ४३९.७९ रुपैयाँ कायम भएको छ ।