सोमबार, असार २,२०८२ 12:41:56
  • सोमबार, असार २,२०८२ 12:41:56
Global IME Bank Limited

आन्दोलन अन्त्य गर्न बोइङले अघि सार्यो नयाँ प्रस्ताव, सेयरमूल्यमा वृद्धि

Hyundai Nepal
आन्दोलन अन्त्य गर्न बोइङले अघि सार्यो नयाँ प्रस्ताव, सेयरमूल्यमा वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । बोइङका आन्दोलनरत कर्मचारीहरुले आगामी ४ वर्षसम्मका लागि ३८ प्रतिशत तलब बढाउने कम्पनीको नयाँ प्रस्तावमा मतदान गर्ने भएका छन् । ३० हजार भन्दा बढी आन्दोलनरत कर्मचारीको प्रतिनिधित्व गर्ने ‘इन्टरनेशनल एसोशिएसन अफ मेशिनिष्ट एण्ड एरोस्पेश वकर्स(आईएएम)युनियनले कम्पनीको यो नयाँ प्रस्तावको समर्थन गरेको छ । 

यस्तै,युनियनले आगामी सोमबार आफ्ना सदस्यहरुबीच यस विषयमा मतदान गर्ने जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पारिश्रमिकको विषयमा बोइङमा गत सेप्टेम्बर १३ देखि आन्दोलन सुरु भएको थियो । जसका कारण कम्पनीको उत्पादनमा नाटकिय कमी आउनुका साथै कम्पनीमा संकटको अवस्था सिर्जना भएको छ ।  

युनियनले पहिल्लोसमय ४० प्रतिशत पारिश्रमिक वृद्धिको प्रस्ताव गरेको थियो । कामदारहरुले यसअघिको ३५ प्रतिशत पारिश्रमिक वृद्धिको अन्तिम प्रस्ताव सहित अघिल्लो दुईवटा प्रस्ताव अस्वीकार गरेका थिए ।  

नयाँ प्रस्ताव घोषणा भएसँगै कम्पनीको सेयरमूल्य २.७ प्रतिशतले बढेको छ । कम्पनीले लामो समयदेखिको आन्दोलन अन्त्य गर्दै वित्तीय अवस्थामा सुधार ल्याउन चाहेको जनाइएको छ । गत साता कम्पनीले २० अर्ब डलर जुटाउन सेयर बिक्री गर्ने योजना समेत सार्वजनिक गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.