काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले प्रस्ताव गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले कात्तिक १२ गते सम्पन्न ३१ औं वार्षिक साधारण सभाबाट १७१४ प्रतिशत प्रति सेयर नगद लाभांश वितरण गर्ने निर्णय बमोजिम कर पश्चात हुने नगद लाभांश रकम अभौतिक रुपमा कायम सेयरधनीहरुलाई आईपीएसमार्फत सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा गरेको हो ।
कम्पनीले कात्तिक १२ गतेदेखि उक्त लाभांश रकम रकमान्तर गरेको जनाएको छ । बैंक खाता नं रूजु नभएका, खाता रहेको बैंक नाम परिवर्तन भएका, नाम रूजु नभएका तथा अन्य विविध कारणले लाभांश रकम रकमान्तर हुन नसकेको शेयरधनीहरूको हकमा हितग्राही खातामा बैंकको खाता अध्यावधिक भए पश्चात क्रमानुसार बैंक खातामा नगद लाभांश आईपीएसमार्फत जम्मा गर्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले कात्तिक २८ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका सेयरधनीहरूको नगद लाभांश सम्बन्धित बैंक तथा वित्तिय संस्थाबाट नो अब्जेक्सन लेटर प्राप्त भए पश्चात मात्र बैंक खातामा जम्मा गरिने कम्पनीले जनाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                