काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ३८ करोड ६२ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १ करोड ५९ लाख बढी नाफामा रहेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी भने बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २०.८८ प्रतिशतले बढेर १८ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको वित्त खर्च भने ८ करोड ७० लाख रुपैयाँबाट घटेर ६ करोड ५६ लाख रुपैयाँमा सीमित बनेको छ ।
कम्पनीको रिजर्भको आकार ९२ करोड ४१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीले यो अवधिसम्म २३ करोड ४९ लाख रुपैयाँ अल्पकालिन कर्जा र २ अर्ब ६९ करोड रुपैयाँबराबरको दीर्घकालिन कर्जा लिएको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३०.९० रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ २६.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११.२५ रुपैयाँ ऋणात्मक र तरmलता अनुपात ०.४९ प्रतिशत कायम भएको छ ।