काठमाण्डौ । सेयर बजार आज दिनभरजसो सामान्य उतारचढावपूर्ण रह्यो । आज झिनो अंकले घटेको बजारमा अघिल्लो दिनको तुलनामा कारोबार पनि घटेको छ ।
प्राविधिक रुपमा आजको बजारलाई बोलिङ्गर ब्याण्डमार्फत हेर्दा मध्य ब्यान्डमा डोजी स्टार बनेको छ । यो आफैमा अनिर्णयको संकेत हो । तर सेयर तथा सूचकको घट्दो ट्रेन्डमा रहेको अवस्थामा डोजी आकारको मैनबत्ती देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ । यस्तो अवस्थामा रातो लामो मैनबत्तीका साथ डोजी देखा पर्छ । यसले बजारमा आपूर्ति हराउँदै गरेको र माग बढ्दै गरेको संकेत गर्छ ।
त्यस विपरीत यदि बजारमा हरियो मैन बत्तीका साथ डोजी देखा परेमा घट्दो बजारलाई संकेत गर्छ । आजको बजारमा रातो मैनबत्ती पछि डोजी आकार बनेको छ । यसले बजारमा विस्तारै आपूर्ति हराएर माग बढ्दै गरेको बुझिन्छ ।
आज बनेको डोजी भ्यालिड नै हुन भने बजारमा आगामी करोबारमा बुलिस मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ । बजारलाई म्याक्डी तथा आरएसआई, मनी फ्लो इन्डेक्सबाट हेर्दा भने अहिले नै कुनै सुधारको अवस्था देखिँदैन ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।