काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन परेको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । निष्कासनको आज अन्तिम दिनसम्ममा यो एफपीओमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ ।
यो भनेको कुल निष्कासनको ६१ गूणा बढी हो । साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकमबराबरको एफपीओ निष्कासन गरेको हो ।
मागभन्दा बढी आवेदन परेकाले धितोपत्र बाँडफाँड नियमअनुसार गोला प्रथाबाट एफपीओ बाँडफाँड हुने भएको छ । यो एफपीओमा करिव ३५ हजार आबेदकले मात्रै सेयर पाउने छन् । यस हिसावले झण्डै १४ लाख आवेदकको हात खाली हुनेछ ।